• २०८१ बैशाख ७ शुक्रबार

एकै टेस्टमा दुई दोहोरो शतकसहित ६ शतक !

kharibot

काठमाडौँ । श्रीलंका र आयरल्याण्डबीच जारी टेस्ट क्रिकेटमा अहिलेसम्म दुई दोहोरो शतकसहित ६ शतक बनेका छन् ।

श्रीलंकाको गली अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी टेस्टको चौथो दिनको खेल सकिदा श्रीलंकाले आफ्नो पहिलो इनिंग ४ विकेट गुमाएर ७०३ रन बनाउदै डिक्लियर गरेको थियो ।

श्रीलंकाका लागि कुसल मेन्डिजले २४५ रन बनाए भने निशान मदुश्काले २०५ रन बनाए । त्यस्तै कप्तान दिमुथ करुनारत्नेले ११५ र एन्जेलो म्याथ्युजले अविजित १०० रन बनाएका थिए ।

चौथो दिनको खेल सकिदासम्म आयरल्याण्डले आफ्नो दोस्रो इनिंगमा २ विकेट गुमाउदै ५४ रन बनाएको छ र अझै श्रीलंकाभन्दा १५८ रनले पछाडी रहेको छ ।

यस अघि आयरल्याण्डले आफ्नो पहिलो इनिंगमा दुई खेलाडीको शतकसहित ४९२ रन बनाएको थियो ।

आयरल्याण्डका लागि पाउल स्टिर्लिङले १०३ र कर्टिस काम्फेरले १११ रन बनाएका थिए । दुवैको टेस्ट क्रिकेटमा यो पहिलो शतक थियो । 
             

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै