• २०८१ बैशाख ८ शनिबार

क्रियटिभ फोरम फर लिटरेचरको  मंचमा मुक्तान थेवा र सुधेश सत्याल 

kharibot

काठमाडौं । युवा केन्द्रित संस्था परिवर्तनका आशाले आयोजना गर्दै आएको  क्रियटिभ फोरम फर लिट्रेचर कार्यक्रमको १२ औ अध्याय मुक्तान थेवा र सुधेश सत्याल लगायतका १३ जना कवि र कवित्रीहरुको कविता वचनले गर्दा बिशेष  रहयो ।

क्रियटिभ फोरम फर लिटरेचर पाक्षिक कवि, कविता र युवाको साहित्यिक भेला हो । जहाँ समसामयिक विषय, समस्याको बारेमा कविता, मुक्तक र गजलको मार्फत प्रकाश पारिन्छ ।

कार्यक्रमको सुरुवात गर्दै परिवर्तनका आशाका अध्यक्ष अजय पाण्डेयले युवाहरु माझ हराउदै गएको भाषा र साहित्य प्रतिको प्रेम र सम्मान पुनः जगाउन यो कार्यक्रम आरम्भ भएको भन्नु भयो । उहाँले परिवर्तनका आशाले गर्दै आएको युवा सशक्तिकरणको कामको बारेमा प्रकः पारेका थिए  ।  

कार्यक्रममा  बरिष्ट कवी तथा उन्मुक्त पुस्ताका अभियन्ता मुक्तान थेवाले गुरु जि,डोल्मा, बाङ्गे सार्की, फर्सीको मुन्टा र तरकारी बाजे" र पुजु जस्ता कविताले वातावरणलाई नै साहित्यमय बनाउनु भयो भने  युवा माझ लोकप्रिय कवि सुधेश सत्यलले ताली नमार्नु, सस्तो भयो जीवन जस्ता कविताले सबैको मन जित्न सफल भएका छन्  ।

भगवान भट्ट, प्रदिप घिमिरे , लक्ष्मण कटवाल, जस्मिन कर्मचार्य, अभिषेक अर्याल, मधुसुदन अन्तर्मुखी, मोहन सरगम, राजेन्द्र घिमिरे सगर, कान्ति न्यौपाने, र अन्य दुई कवि र कवित्रीहरुले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

हरेक अध्याय झैँ त्यसपछिको कार्यक्रममा कवि र त्यहाँ उपस्तित युवाहरु बीच अन्तरक्रिय भएको थियो ।

सन्तोष बस्नेत , गोकुल जोशी र नविन दाहालको नेतृत्वमा हुदै आएको  यो क्रियटिभ फोरम फर लिट्रेचर छिट्टै भारत र बंगालदेशमा पनि हुने र विदेशमा रहेका युवाहरु माझमा नेपाली साहित्य पुर्याउने उदेश्य रहेको परिवर्तनका आशाका सचिव आशिश दाहालले बताएका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै