• २०८१ बैशाख ७ शुक्रबार

आयरल्याण्डविरुद्धको टेस्ट सिरिजमा श्रीलंका विजयी

kharibot

काठमाडौँ । श्रीलंकाले आयरल्याण्डविरुद्धको टेस्ट सिरिज २-० ले जितेको छ । शुक्रबार सम्पन्न आयरल्याण्डविरुद्धको दोस्रो टेस्ट श्रीलंकाले एक इनिंग र १० रनले जितेको हो ।

आयरल्याण्डले पहिलो इनिंगमा ४९२ रन बनाएको थियो भने श्रीलंकाले आफ्नो पहिलो इनिंगमा ७०४ रन बनाएर आफ्नो इनिंग घोषणा गरेको थियो । त्यसपछि आयरल्याण्डले आफ्नो दोस्रो इनिंगमा २०२ रन बनाएर अलआउट भएपछि खेल एक इनिंग र १० रनले हारेको छ ।
यस टेस्टमा दुई दोहोरो शतकसँगै कुल ६ शतक बनेका थिए ।

यस टेस्टमा श्रीलंकाका लागि कुसल मेन्डिजले २४५ रन बनाए भने निशान मदुश्काले २०५ रन बनाए । त्यस्तै कप्तान दिमुथ करुनारत्नेले ११५ र एन्जेलो म्याथ्युजले अविजित १०० रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्डका लागि पाउल स्टिर्लिङले १०३ र कर्टिस काम्फेरले १११ रन बनाएका थिए । दुवैको टेस्ट क्रिकेटमा यो पहिलो शतक थियो । 

योसँगै श्रीलंकाले आयरल्याण्डविरुद्धको टेस्ट सिरिज २-० ले जितेको छ ।
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै