आईएमई जनरल र नेपाल मेडिसिटीबीच नगदरहित सेवा सम्झौता

खरीबोट
ad

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म नेपाल मेडिसिटी हस्पिटलबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । 

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नेपाल मेडिसिटी हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहक महानुभावहरुलाई बीमालेखमा तोकिएको सिमासम्म नगदरहित स्वास्थसेवा सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी सम्झौता गरेकोमा अस्पतालको सञ्चालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए ।

नेपाल मेडिसिटी हस्पिटलले आफ्ना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहक महानुभावहरुसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्न व्यवस्थापन प्रतिवद्ध रहेको जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाल मेडिसिटी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयाराम र आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका महाप्रबन्धक पवन थापाको पनि उपस्थिति रहेको थियो । 
 

सम्बन्धित समाचार

आईएमई जनरल र नेपाल मेडिसिटीबीच नगदरहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र

एनबी इन्सुरेन्सले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको नाममा कारोबार गर्ने

काठमाडौं । साबिकको एनबी इन्सुरेन्स कम्पनी लिमिटेड आइएमई जनरल इन्सुरेन्स लिमिटेडमा परिणत भएको छ । बीमा समितिको निर्णयानुसार एनबी इन्सुरेन्सको नाम र लोगो परिवर्तनसहित आइएमई जनरल इन्सुरेन्समा रुपान्तरण भएको हो


z