• २०८१ बैशाख ७ शुक्रबार

एनएमबी बैंकको नाफा बृद्धि, नौ महिनामा कमायो एक अर्ब ४६ करोड खुद मुनाफा 

kharibot

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४६ करोड ६९ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवका सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब १४ करोड ३५ लाख ८९ हजार रुपैयाँ रहेको थियो । 

चुक्ता पुंजी छ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ रहेको बैकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ८५ अर्ब ७६ करोड १७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ७५ करोड आठ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

घरजग्गा क्षेत्रमा तीन अर्ब ३५ करोड ९९ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा दुई अर्ब २६ करोड ४६ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

प्रोभिजन रकम १८ करोड ३० लाख पाँच हजार रुपैयाँ रहेको बैंकको राईट व्याक रकम ३४ करोड ९६ लाख ३२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दसमलव १५ प्रतिसत रहेको छ । 

गत आवको सोही अवधिमा बैंकले ७१ अर्ब १५ करोड नौ लाख ९२ हजार रुपैैयाँ निक्षेप संकलन गरी ६० अर्ब २४ करोड २१ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै