• २०८१ बैशाख ८ शनिबार

मदन भण्डारी पुरस्कारका लागि आवेदन आह्वान

kharibot

काठमाडौं । मदन भण्डारी फाउण्डेशनले २०७९ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारका लागि सिफारिस गर्न सार्वजनिक आह्वान गरेको छ । 

फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले आज प्रेस विज्ञप्तिमार्फत दुवै पुरस्कारका लागि आवेदन खुला गरिएको जनाए । पुरस्कारका लागि उपयुक्त व्यक्ति वा संस्थाको छनोट मापदण्डका आधारमा आवेदन फाराम भरी व्यक्ति स्वयंले आगामी जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ । 

फाउण्डेशनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार र २०७९ सालदेखि अध्ययन, अनुसन्धान र नवप्रवर्तनका साथै समाज परिवर्तन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्ति वा संस्थालाई दुई वटा राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

दुवै पुरस्कार नेकपा (एमाले)का तत्कालीन महासविच एवं जननेता मदनकुमार भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा आगामी असार १४ गते प्रदान गरिनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै