• २०८१ बैशाख ६ बिहीबार

अपराध नियन्त्रण पहिलो प्राथमिकता : महानिरीक्षक खनाल

kharibot

चितवन, १३ वैशाख (रासस) ः नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको बताए । 

खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको टिप्पणी गरे । उनले भने, “प्रहरी संगठनमा बसेका केही नालायक सदस्यहरुले गर्ने काम संगठनले गरेको काम हुँदैन ।

संगठनमा केही त्यस्ता किराहरु हुन्छन्, तिनीहरुलाई हटाउनु पर्छ ।” उनीहरुका कारण प्रहरी संगठनलाई असर परेको भन्दै उहाँले राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारवाही गरिने बताए । 

प्रहरीको दरबन्दी कम रहेको भन्दै उहाँले मौजुदालाई उच्चतम प्रयोग गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरी जुटिरहेको बताए । 

अर्काे एक प्रश्नमा आफू प्रहरी प्रमुख भएपछि जनताले अनुभूति गर्ने गरी काम शुरु गरिसकेको बताए । संघीय प्रहरी ऐन बन्दै गरेको भन्दै उनले ऐन आएपछि प्रदेश कार्यालयहरु स्थापना हुने र ऐनले निर्दिष्ट गरेअनुसार काम अगाडि बढाइने बताए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै