• २०८१ बैशाख ७ शुक्रबार

स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष- मन्त्री शर्मा

kharibot

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शार्माले स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको बताएकी छन् ।

उनले नेपालको राजनीतिक आन्दोलनलगायतका सबै परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षत्रको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिद्वारा आज आयोजित प्रभातफेरी कार्यक्रममा उनले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताले यो पेशालाई अझ महत्वपूर्ण मर्यादित महत्वपूर्ण बनाउन भूमिका निर्वाह गरेको बताइन् । 

उनले भनिन्, “संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरिएको छ, कानुन बनाउने, कानुनमा उल्लेख गरिएका कुरा कार्यान्वयन गर्ने चरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रहेको छ ।”

प्रेस स्वतन्त्रताको पक्षमा उभिन निम्ती आवश्यक कानुन तर्जुमा, नीति नियम बनाउने र आवश्यक निर्णय गर्ने ठाउँमा आफू भएकाले सदैव पत्रकारको साथमा रहने प्रतिबद्धता मन्त्री शर्माले व्यक्त गरिन् । पछिल्लो समयमा हाम्रो समाजका हरेक कुरामा नकारात्मकता हाबी भएको सन्दर्भ  उनले उल्लेख गरिन् ।

हामीले ल्याएको लोकतन्त्र, गणतन्त्रमामाथि जुन ढङ्गले प्रहार भइरहेको छ त्यसबारे सचेत रहेर समाजमा सकारात्मक सन्देश दिन पत्रकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले पछिल्लो समयमा पत्रकारमाथि जुन ढङ्गले आक्रमण हुने गरेको छ, त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नतर्फ हामी अग्रसर हुन जरुरी छ भनिन् ।

नेपालको पत्रकारिता क्षेत्रका चुनौतीबारे समीक्षा गर्नुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै