• २०८१ बैशाख १३ बिहीबार

पञ्जावले मुम्बईलाई दियो २१५ रनको लक्ष्य

kharibot

काठमाडौँ ।  इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले मुम्बई इण्डियन्सलाई २१५ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ३ विकेट गुमाउदै २१४ रन बनाएको हो । 

पञ्जावका लागि लियाम लिभिङस्टोनले सर्बाधिक ८२ रन बनाए भने जितेश शर्माले ४९ रन बनाए ।  त्यस्तै कप्तान शिखर धवनले ३० रन बनाए भने माथ्यु शर्टले २७ रन बनाए । 

त्यसैगरी मुम्बईका बलर पियुष चावलाले २ विकेट लिए भने अर्शद खानले एक विकेट लिए । 

जारी आइपिएलमा पञ्जावले ९ खेलमा ५ जितसहित १० अंक हासिल गरेको छ भने मुम्बईले ८ खेलमा ४ जितसहित ८ अंक हासिल गरेको छ । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै