डोल्पाका यार्सा पाटन जेठ १ देखि खुला हुने

खरीबोट
ad

त्रिपुराकोट, डोल्पा  ।  हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ । 

आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई प्रवेश इजाजत पत्र धमाधम वितरण शुरु गर्दै निकुञ्ज क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन प्रवेशका लागि खुला गरिने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । 

अघिल्लो वर्षमा जेठ पहिलो र दोस्रो साताबीचको अवधिमा प्रवेशका लागि खुला गरिएको भएपनि यस वर्ष भने सम्पूर्ण सरोकारवालाको सल्लाहअनुसार जेठ १ गतेदेखिनै पाटन प्रवेशका लागि खुला गरिने निर्णय भएको संरक्षण अधिकृत रामदेव चौधरीले बताए । 

यार्सागुम्बा पाटन संकलन इजाजत पत्र वितरणका लागि निकुञ्ज र सम्बन्धित मध्यवर्ती क्षेत्रका कर्मचारीलाई विभिन्न नाकामा पठाउने तयारी भइरहेको समेत चौधरीले जानकारी दिए । 

यार्सागुम्बा संकलनका लागि तीन प्रकारका संकलन इजाजत पत्र वितरण गरिने भएकाले मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि रु एक हजार, मध्यवर्ती क्षेत्र बाहिरका सर्वसाधारणका लागि रु दुई हजार ५०० र जिल्ला बाहिरका सर्वसाधारणका लागि रु तीन हजार ५०० रकम तिर्नुपर्ने निकुञ्जले जनाएको छ । 

डोल्पामा रहेका यार्सागुम्बा पाटनमा पुगेर यार्सागुम्बा संकलन गर्नका लागि रुकुम, जाजरकोट, सल्यानलगायतका विभिन्न जिल्लाबाट वर्षेनि दशौँ हजार सर्वसाधारण डोल्पा पुग्ने गर्दछन् । 

यार्सागुम्बा पाटन खुला गरिएको एक महिने अवधिका लागि मात्रै प्रवेश संकलन इजाजत पत्र वितरण गरिनेसमेत निकुञ्जले जनाएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पाली जनताको मुख्य आम्दानीको स्रोतको रहँदै आएको छ । 

सम्बन्धित समाचार

डोल्पा–जाजरकोट सडक ट्र्याक खुल्यो

जाजरकोट । जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ । धाउनी–फूलपानी सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ । तरपरे भीर खण्डको ट्र्याक

डोल्पाबाट उठ्लान त वामदेव ? राज्यमन्त्री बुढाले भने-'शीर्ष नेता पाउनु डोल्पालीको शौभाग्य'   

डोल्पा ।संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री धनबहादुर बुढा गृहजिल्ला डोल्पामा नेकपा नेता वामदेव गौतमलाई छोड्ने मनस्थित बनाएर जिल्लाबाट फर्किएका छन्।  मतदाताको राय लिन भन्दै जिल्ला पुगेका राज्यमन्त्री बुढाले वरिष्ठ नेता

खोलाले बगाउँदा डोल्पामा दुई जनाको मृत्यु

जाजरकोट। खोलाले बगाउँदा डोल्पामा दुई जनाको मृत्यु भएको छ ।  तिब्बतको क्याटो र मरिम्लामा लाग्ने हाट बजारबाट फर्किने क्रमम शनिबार शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोका ६३ वर्षीय नाम्ग्याल लामा तथा छार्का ताङसोङ गाउँँपालिकाका

डोल्पामा पहिरोले दुई घर पुरिए

डोल्पा । अविरल वर्षासँगै पहिरो खस्दा सोमबार दुई घर पुरिएको छ भने एक घर भत्किएको छ । तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर


z