गुण्डा नाइके पुनलाई सघाउने केन्द्रीय सदस्यसहित २ जनालाई माओवादीको कारवाही 

खरीबोट
ad

रुपन्देही ।  माओवादी केन्द्रले केन्द्रीय सदस्यसहित २ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

गुण्डा नाइके मनोज पुनलाई सघाएको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई पार्टीको साधारण सदस्य नरहने गरी माओवादी केन्द्रले निष्कासन गरेको हो ।

रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले विज्ञप्ती निकाल्दै उनीहरुलाई पार्टीको कुनै जिम्मेवारीमा नरहने गरी निष्कासन गरिएको बताएका छन् । 

यसअघि युवा संघका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज सुजु मल्ल र जिल्ला सदस्य उत्तम आचार्यलाई मनोज पुनलाई सघाएको आरोपमा प्रहरीले पक्राउ गरेपछि एमालेले उनीहरुलाई पार्टीबाट निष्कासित गरेको थियो ।

सम्बन्धित समाचार

प्रचण्डलगायतले पार्टी छोडेको भन्दै माओवादी केन्द्रले गर्यो महाधिवेशन आयोजक समिति गठन

काठमाडौँ ।  पार्टी नेता पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले नेकपा (माओवादी केन्द्र ) परित्याग गरी गएको भन्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिले आफ्ना उपलब्ध सदस्यको बैठक गरी विभिन्न निर्णय गरेको छ

पार्टी एकीकरणमा व्यस्त एमाले-माओवादी केन्द्र, के के हुदै छ आज ?

काठमाडौं  । नेकपा एमाले र माओवादी केन्द्र आज बिहानै देखि पार्टी एकीकरण गर्न व्यस्त देखिएका छन् ।  आज बिहान तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औ

एमाले—माओवादी केन्द्र एकता घोषणाको तयारी, यस्तो छ आजको कार्यक्रम

काठमाडौँ  ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ ।  आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया,

राष्ट्रिय सभामा माओवादी केन्द्रको संसदीय दलको नेतामा दीनानाथ शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको संसदीय दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको छ । यसअघि राष्ट्रिय सभाको अध्यक्षको दाबेदार रहेका शर्मा प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन्


z