• २०८१ बैशाख १३ बिहीबार

म मन्त्री बनेदेखि हतियार किन्ने निर्णय भएको छैन- रक्षामन्त्री खडका

kharibot

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खडकाले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् । 

नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफनो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खडकाले आफनो संलग्नता अस्विकार गरेका हुन् ।

‘केही दिन देखि मेरो नाम समेत जोडेर केही संचार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका बिबिध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खडकाले भनेका छन, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहान्छु ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै