• २०८१ बैशाख ८ शनिबार

विश्व टेस्ट फाइनलमा केएल राहुलको ठाउमा इशान किशन खेल्ने

kharibot

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्ध हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका घाइते विकेटकिपर ब्याट्सम्यान केएल राहुलको ठाउमा इशान किशनलाई खेलाउने भएको छ ।

राहुल आइपिएल खेलका क्रममा घाइते भएपछि आइपिएलको यस सिजनबाट बाहिर भएका छन् । अब उनी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलबाट पनि बाहिर भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले राहुलको ठाउमा इशान किशनलाई खेलाउने जानकारी दिएको छ ।

बोर्डले तिब्रगतिका बलर जयददेव उनादकट र उमेश यादव पनि घाइते भएको भएपनि अहिले नै उनीहरुको रिप्लेसमेन्ट भने गरेको छैन ।  

आगामी जुन ७ देखि ११ सम्म हुने फाइनल खेलमा भारतीय टोलीले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल इंग्ल्याण्डको ओभल मैदानमा हुनेछ । 

यस फाइनल खेलमा भारतीय रोहित शर्माले टोलीको कप्तानीलाई निरन्तरता दिनेछन् । उनको टोलीमा शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, आजिख्य रहाणे रहेका छन् । विशेषज्ञ विकेटकिपरमा केएस भरत छनोट भएका छन् । फास्ट बलरमा शार्दुल ठाकुर, मोहम्मद सिराज, उमेश यादव, मोहम्मद शामी र जयदेव उनादकट रहेका छन् । योसँगै स्पिन विभागको जिम्मेवारी रविचन्द्रन अश्विन, अक्षर पटेल र रविन्द्र जडेजामा रहनेछ ।

यस फाइनलका लागि भारतले रुतुराज गायकवाड, मुकेश कुमार र सूर्यकुमार यादवलाई स्ट्याण्ड बाई खेलाडीको रुपमा राखेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै