• २०८१ बैशाख ४ मंगलबार

बर्दियाको गुलरियामा दुई करोडको लागतमा लोटस् गार्डेन रिसोर्ट संचालनमा

kharibot

बर्दिया, गुलरिया ।  आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै बर्दियाको गुलरियामा नयाँ रिसोर्ट संचालनमा आएको छ ।

करिब दुई करोडको लागतमा सदरमुकाममा आज देखि लोटस् गार्डेन रिसोर्ट संचालनमा आएको हो । 

गुलरिया बजार मै रहेको रिसोर्टले अर्गानिक र हाईजनिक परिकारको केन्द्र बनाउने मुख्य लक्ष्य रहेको लोटस् गार्डेन रिसोर्टका प्रमुख सुधान्सु शर्माले बताए । रिसोर्टमा ग्राहकलाई लक्षित गरेर हाँस, माछा, लोकल कुखुरा र खसी लगायताको स्थानीय उत्पादनको परिकार बनाउने समेत उनले भने ।

रिर्सोटमा ३ वटा १ सय जना भन्दा बढि अटाउने ठुला एसि सहितका मिटिङहलहरु छन भने ५ सय भन्दा बढि अटाउन सक्ने पार्टी प्यालेस साथै रिसोर्टमा पारिवारिक माहोलको सुविधा सम्पन्न रेष्टुरेन्ट समेत रहेको छ ।

८ कट्ठामा जग्गामा संचालिन यस रिसोर्टमा हाल प्रतक्ष्य २० जनाले रोजगारि पाएका छन भने बास बस्नका लागि एसि रुम सहितका सुविधा प्रदान गर्न पुर्वाधार निर्माण गर्न थप २ करोडको लागतमा निर्माण कार्य भईरहेको समेत उनले बताए । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै