• २०८१ बैशाख ७ शुक्रबार

किन पक्राउ परे इमरान खान ?

kharibot

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तहरीक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खानलाई इस्लामावाद उच्च अदालत बाहिर पक्राउ गरिएको छ । इस्लामाबाद प्रहरीले इमरान खानलाई अल कादिर ट्रस्ट मुद्दामा पक्राउ गरेको जनाएको छ ।

आफ्ना विभिन्न मुद्धामा बयान दिन अदालतमा उपस्थित रहेका इमरानलाई प्रहरीले पक्राउ गरेको पाकिस्तानी मिडिया जियो न्यूजले जनाएको छ ।

पाकिस्तानी मिडियाहरुले पूर्वप्रधानमन्त्री इमरानलाई हिरासतमा लिएर एनएबी (नेशनल एकाउन्टेबिलिटी ब्यूरो) लाई बुझाइएको छ ।

यस ब्यूरोले पाकिस्तानमा भ्रष्टाचारका मुद्दाहरूको अनुसन्धान गर्छ । रिपोर्टका अनुसार इमरान खान अदालत पुग्नुअघि नै एनएबी टोली त्यहाँ उपस्थित थियो ।

उच्च अदालतले प्रहरीलाई बोलायो

इमरान खानलाई हिरासतमा लिएपछि इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीश अमिर फारुकले पाकिस्तानका आन्तरिक सचिव, आईजी इस्लामाबाद र अतिरिक्त महान्यायाधिवक्तालाई अदालतमा उपस्थित हुन आदेश दिएका छन् ।

इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीशले घटनालाई तोडमोड गरिएको भन्दै जिम्मेवार जोसुकै भए पनि कारबाही गरिने बताएका छन् ।

न्यायमूर्ति अमिर फारुकले कुन मुद्दामा इमरानलाई हिरासतमा राखिएको छ भनेर निर्धारण गर्नुपर्ने बताएका छन् । यसैबीच, रेन्जर्सले अदालतको सुरक्षा व्यवस्थालाई नियन्त्रणमा लिएको छ ।

किन पक्राउ परे इमरान ?

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले अल कादिर विश्वविद्यालय परियोजनाका लागि २६ डिसेम्बर २०१९ मा अल कादिर ट्रस्ट दर्ता गरेका थिए । यस ट्रस्टका दुई जना मात्र ट्रस्टी छन्, जसमा इमरान खान र अर्को उनकी श्रीमती बुशरा बीबी ।

यस परियोजनाको बारेमा मन्त्रिपरिषद्को निर्णयको केही दिनपछि इमरान खानले यो ट्रस्ट दर्ता गरेका थिए ।

इमरान खानमाथि बहरिया टाउनका सीआईओ मलिक रियाज र उनको परिवारलाई घुस दिएको आरोप छ ।

पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले अब अल कादिर ट्रस्टले प्राप्त गरेको चन्दाको छानबिन गरिरहेको छ । यस मामिलामा इमरान खानलाई अहिले हिरासतमा लिइएको छ । इमरान खानविरुद्ध सरकारमा रहदा पाएका उपहार आफुले निजी रुपमा लागेको लगायत अन्य धेरै मुद्दा पनि चलिरहेका छन् ।

पाकिस्तानमा सरकारी उच्च तहका पदमा रहेकाले प्राप्त उपहारको मूल्य ३० हजार रुपैयाँभन्दा कम भएमा मात्र आफूसँग सित्तैमा राख्न सक्छ ।

अर्कोतर्फ उपहारको मूल्य ३० हजार रुपैयाँभन्दा बढी भए सो लागतको ५० प्रतिशत जम्मा गरेर खरिद गर्न सकिनेछ । सन् २०२० अघि सामानको वास्तविक मूल्यको २० प्रतिशत मात्रै जम्मा गर्नुपर्ने थियो ।

यी उपहारहरूमा सामान्यतया महँगो घडीहरू, सुन र हिराका गहनाहरू, महँगो गहनाहरू, स्मृति चिन्हहरू, हीराले जडित कलमहरू, क्रोकरी र कार्पेटहरू समावेश हुन्छन् ।

त्यस्तै इमरान खानमाथि एक महिला न्यायाधीशको अपमान गरेको पनि मुद्दा पनि छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै