• २०८१ बैशाख ७ शुक्रबार

कृषि बिकास बैकको नाफा बढ्यो, चालु आवको नौ महिनामा कमायो एक अर्ब ७८ करोड

kharibot

काठमाडौं । कृषि बिकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ७८ करोड ८३ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब ५७ करोड ४८ लाख चार हजार रुपैयाँ रहेको थियो । 

चुक्ता पुंजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ रहेको बैंकले चालु बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ९७ अर्ब १० करोड ५६ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ८९ करोड ७१ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

घरजग्गा क्षेत्रमा ५५ करोड ६५ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा चार अर्ब ३० करोड ७४ लाख ६९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम एक अर्ब ८८ करोड ९९ लाख ९२ हजार रुपैयाँ रहेको बैंकमा निष्क्रिय कर्जाको अनुपात तीन दसमलव ४९ प्रतिसत रहेको छ । 

गत आवको सोही अवधिमा बैंकले ८९ अर्ब ५३ करोड चार लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ६८ करोड ८५ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै