• २०८१ बैशाख ७ शुक्रबार

शाल्केमाथि बायर्नको आधा दर्जन गोल

kharibot

काठमाडौँ । जर्मन बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले शाल्केलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा बायर्नले शाल्केलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा सेर्गी ग्नाब्रीले दुई गोल गरेका थिए भने थोमस मुलर, जोशुआ किमिच, माथिस टेल र नोउसैर मजराओइले एक एक गोल गरेका थिए ।

योसँगै बायर्नको ३२ खेलमा ६८ अंक बनाएको छ र लिगको शिर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै एक खेल कम खेलेको डोर्टमण्डको भने ३१ खेलमा ६४ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै