• २०८१ बैशाख ८ शनिबार

अभिनेत्री परिणीति र आप नेता राघवको इन्गेजमेन्ट

kharibot

काठमाडौँ । बलिउड अभिनेत्री परिणीति चोपडाले आम आदमी पार्टीका युवा सांसद राघव चड्ढासँग इन्गेजमेन्ट गरेकी छन् ।

शनिबार दिल्लीको कपुरथला हाउसमा दुबैको रिंग सेरेमनी भएको थियो ।

राघव चड्ढा र बलिउड अभिनेत्री परिणिती चोपडा यो वर्षको सुरुदेखि नै चर्चामा छन् । धेरै दिनदेखि यी दुवैको विवाहको चर्चा चलिरहेको थियो ।

राघव चड्ढा दिल्लीको राजिन्दर नगर विधानसभा क्षेत्रबाट विधायक थिए । उनलाई २०२२ को पञ्जाब चुनावमा आम आदमी पार्टीको सह-प्रमुख बनाइएको थियो ।

पञ्जाबमा आम आदमी पार्टीको ठूलो जितमा उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

राघव चड्डाले दिल्ली विश्वविद्यालयबाट स्नातक गरेका छन् भने पछि चार्टर्ड एकाउन्टेन्ट बने । यससँगै उनी राष्ट्रिय कार्यकारिणी सदस्य र आम आदमी पार्टीका राष्ट्रिय प्रवक्ता पनि हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै