• २०८१ बैशाख १३ बिहीबार

भक्तपुर चिन्ने मन छ ? दतात्रय आउनुहोस् !

kharibot

भक्तपुर । पाँंच मिनेटमै समग्र भक्तपुरलाई चिन्ने मन छ, इच्छा छ भने तपाईको लागि अहिले एउटा सुनौलो अवसर छ । 

भक्तपुरको दतात्रयमा पुगेपछि तपाईले पाँंच मिनेट पनि नलाग्ने गरी समग्र भक्तपुरलाई चिन्ने अवसर प्राप्त गर्न सक्ने छ ।

भक्तपुरको दतात्रयमा शुक्रबारदेखि भक्तपुर चिनाउने फोटो प्रदर्शनी सुरु भएको छ । दतात्रयका डी टेम्पल क्याफेभित्रको सानो चोकमा फोटो प्रदर्शनी सुरु भएको हो । यही तस्वीर हेरेपछि तपाईले समग्र भक्तपुरलाई चिन्ने अवसर प्राप्त हुने छ । 

भक्तपुरकै अमित बनमाला र अमेरिकन नागरिक डीजे हिनम्यानको संयुक्त फोटो प्रदर्शनी सुरु भएको हो । अमितको २५ र डीजेको २५ गरी कुल ५० वटा फोटोहरुको प्रदर्शनी सुरु भएको हो । 

भक्तपुर इनसाइड एण्ड आउट नाम दिइएको प्रदर्शनीमा अमितका सवै कलर र डीजेका सवै फोटोहरु श्वातश्वेतका छन् । अमित नयाँं पुस्ताको डिजिटल जमानाको भएर कलर र डीजे पुरानो पुस्ताको भएर श्यामश्वेत फोटोहरु प्रदर्शनी गरिएका हुन् ।

अमित भक्तपुर नगरपालिका वडा नं १० कै ३२ वर्षीय स्थानीय युवा फोटो पत्रकार हुन् भने डीजे ७५ वर्षीय अमेरिकन नागरिक हुन् । डीजेले वर्षमा एक पटक नेपाल घुम्न आउँंदा पाँंच वर्षमा खिचेका भक्तपुरका तस्वीरहरु प्रदर्शनीमा राखिएका छन् । 

तस्वीरमा भक्तपुरको जात्रा, चाँंडपर्व, रहनसहन, जनजीवन, संस्कृति, जीवनशैलिलगायतका तस्वीरहरु छन् । कति तस्वीहरु अहिलेको अवस्थामा देख्न नसकिने लोप भइसकेका तस्वीरहरु समावेश छन् ।

यसहिसावले सम्पूर्ण फोटोहरुको अवलोकनपछि समग्र भक्तपुरलाई चिन्न सकिन्छ । प्रदर्शनी विहानदेखि बेलुकीसम्म रहने जनाइएको छ ।

औपचारिक रुपमा दुईदिन मात्रै प्रदर्शनी रहे पनि अनौपचारिक रुपमा दुईदिनपछि पनि फोटो त्यही नै झुण्डिरहने र हेर्न सकिने जनाइएको छ । प्रदर्शनीको उदघाटन दुवै फोटोग्राफरद्धय अमित र डीजेले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रम उदघाटन समारोहको व्यानरको दुवै छेउमा छोपेर राखेका आआफनो फोटोलाई देखाएर उनीहरुले संयुक्त रुपमा फोटो प्रदर्शनीको उदघाटन गरिएको हो ।

कार्यक्रममा वरिष्ठ फोटो पत्रकार मीनरत्न बज्राचार्यले पाँंच मिनेट पनि नलाग्ने समग्र भक्तपुरलाई चिनाउने यो सुवर्ण अवसर भएको बताए । 

फोटोग्राफी इन भक्तपुरको आयोजना भक्तपुरेन्स इन फोटोग्राफीको आयोजनामा प्रदर्शनी सुरु भएको हो । यो फेसबुक पेज भक्तपुरको फोटोग्राफीलाई अगाडि वढाउन चाहनेहरुको एउटा समूह हो । 

भक्तपुरेन्स इन फोटोग्राफी पेजका एडमिनमध्येका एक सुदीप सुवालले भक्तपुरमा आर्ट ग्यालरी वन्दोवस्त नभएको अवस्थासम्ममा यही ठाउँंलाई आर्ट ग्यालरीको रुपमा अगाडि वढाउने योजना रहेको सुनाए ।

उनले यो पहिलो फोटो प्रदर्शनी रहेर सुरुवाती थालेको र आगामी दिनमा यस्ता क्रियाकलापलाई अझ अगाडि वढाउने योजना रहेको सुनाए । पेजका अर्का एडमिन फोटोग्राफर अमित हुन् । प्रदर्शनीको प्रवेश निःशुल्क रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै