• २०८१ बैशाख १३ बिहीबार

नेपाली सेनाको टोलीबाट सगरमाथाको सफल आरोहण

kharibot

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा संचालन भईरहेको सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित दश जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । 

टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सह सेनानी बिष्णुबल राई, सह सेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुवंर र प्युठ किशोर जबेगु सोमबार विहान १० बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनीहरुसँगै अभियानका सहभागी सरदार ओङ्‍छु शेर्पा लगायत पाँच जना शेर्पाहरुले पनि सगरमाथा आरोहण गरेका छन् । यसअघि बैशाख ०४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन् । 

गत चैत्र १४ गते जङ्गी अड्‍डामा आयोजित फ्ल्याग अफ सेरोमनीमा प्रधानसेनापति प्रभुराम शर्माले झण्डा हस्तान्तरण गरी शुरु भएको उक्त अभियानबाट करिब ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ३२ हजार ३ सय ११ किलो फोहोर संकलन भईसकेको छ । यो अभियान जुन ५ मा विश्व वातावरण दिवसमा समापन हुने नेपाली सेनाले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै