• २०८१ बैशाख ८ शनिबार

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

kharibot

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

अघिल्लो पटकको मूल्यभन्दा पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजलमा ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची आएको निगमले जनाएको छ ।

आईओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार आईओसीले १५ दिनअघिको तुलनामा मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

सो अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने भएपनि निगमले सञ्चिति नोक्सान देखाउँदै मूल्य समायोजन गरेको छैन ।

हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

पछिल्लो पटक निगमले चैत्र २० गते पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ र डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।

निगमले अहिले आइओसीलाई १४ अर्बभन्दा बढी तिर्न बाँकी रहेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै