• २०८१ बैशाख ८ शनिबार

विभागीय डर्बीमा पुलिसले एपीएफलाई हरायो

kharibot

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस क्लबले अर्को विभागीय टोलि एपीएफलाई पराजित गरेको छ ।

मंगलबार च्यासल मैदानमा सम्पन्न खेलमा पुलिसले विभागीय डर्बीमा एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

नेपाल पुलिसको जितमा खेलको ६१औं मिनेटमा मोसेस ग्याबाह तुमले गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

यो जितपछि नेपाल पुलिस क्लबको १८ खेलमा २२ अंक भएको छ र एपीएफको १८ खेलमा २२ अंक नै रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै