• २०८१ बैशाख १३ बिहीबार

 सुनको मूल्य बढ्याे 

kharibot

काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो । यो सँगै प्रतितोला सुनको मुल्य  १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ । 

गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला  १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबा भाउ स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै