• २०८१ बैशाख ८ शनिबार

आइपिएलमा विराटको नयाँ किर्तिमान

kharibot

काठमाडौँ । विराट कोहलीले इण्डियन प्रिमियर लिग (आइपिएल) मा नयाँ किर्तिमान बनाएका छन् ।

विराटले आइतबार गुजरात टाइटन्सविरुद्ध शतक प्रहार गर्दै आइपिएलको इतिहासमा सर्बाधिक शतक बनाउने किर्तिमान बनाएका हुन् ।

विराटले लगातर दोस्रो खेलमा दोस्रो शतक बनाउदै आइपिएल इतिहासमा सात शतक बनाएका हुन् । उनले आइपिएलमा धेरै ६ शतक बनाउने वेस्टइण्डिजका क्रिस गेललाई पछि पार्दै यो रेकर्ड बनाएका हुन् ।

त्यस्तै आइपिएलको इतिहासमा लगातार शतक बनाउने तेस्रो खेलाडी बनेका छन् । यस अघि शिखर धवन र जोस बटलरले आइपिएलमा लगातार दुई शतक बनाएका थिए ।

त्यस्तै आइपिएलको इतिहासमा विराटपछि क्रिस गेलले ६ शतक बनाएका छन् भने जोस बटलरले ५ शतक बनाएका छन् ।

त्यसति केएल राहुल, डेविड वार्नर र शेन वाटसनले ४-४ शतक बनाएका छन् भने एबी डिभीलियर्स र सन्जु सामसनले ३-३ शतक बनाएका छन् ।

त्यसैगरी हाशिम अमला र शिखर धवनले २-२ शतक बनाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै