• २०८१ बैशाख ४ मंगलबार

हारसँगै बैंगलोर बाहिरियो, मुम्बई प्लेअफमा

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर गुजरात टाइटन्ससँग पराजित भएसँगै प्लेअफबाट बाहिरिएको छ ।

गुजरातले बैंगलोरलाई ६ विकेटले पराजित गरेको हो ।

बैंगलोरले दिएको १९८ रनको लक्ष्य पछाएको गुजरातले १९.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

गुजरातको जितमा शुभमन गीलले १०४ रनको शतकीय पारी खेलेका थिए भने विजय शंकरले ५३ रन बनाएका थिए । 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले विराट कोहलीको १०१ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

गीलले आइपिएलमा लगातार दुई शतक बनाउने रेकर्ड बनाएका छन् । यसै खेलमा शतक बनाएका विराट कोहलीले पनि आइपिएलमा लगातर शतक बनाउने खेलाडी बनेका छन् । आइपिएल इतिहासमा लगातार दुई शतक बनाउने खेलाडीको संख्या चार पुगेको छ ।

जसमा गिल र कोहलीसहित शिखर धवन र जोस बटलर रहेका छन् ।

यो हारसँगै बैंगलोर प्लेअफको दौडबाट बाहिरिएको छ भने मुम्बई इण्डियन्स चौथो स्थानमा रहदै प्लेअफमा पुगेको छ ।

योसँगै गुजरात शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने चेन्नई सुपर किंग्स दोस्रो, लखनउ सुपर जाइन्टस तेस्रो र मुम्बई इण्डियन्स चौथो स्थानमा रहेर प्लेअफमा पुगेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै