• २०८१ बैशाख १३ बिहीबार

चेसिस भाँचिएपछि यात्री मोटरसाइकल भन्छ- भ्रममा नपरौं, यात्रीको सुरक्षाप्रति सचेत छौं

kharibot

काठमाडौँ ।  यात्री मोटरसाइकलले परिक्षणको क्रममा चेसिस भाँचिएको विषयलाई अन्यथा प्रचार गरिएको बताएको छ ।

सामाजिक सञ्जालमा यात्री मोटरसाइकलको चेसिस बिचबाट भाँचिएको तस्बिर भाइरलपछि परीक्षणका क्रममा त्यस्तो हुन गएको कम्पनीले बताएको छ ।

नेपालमै बनेको यात्री मोटरसाइकलले हालै आमरुपमा सरकारलाई चौतर्फी दबाब सिर्जना गरेपछि नम्बर प्लेट दर्ताको प्रमाण पाएको थियो। 

यात्रीले इन्जिनियरबाट बाइकको परीक्षण गर्दा चेसिसमा समस्या देखिएको स्वीकार गरेको छ ।

यात्री मोटरसाइकलले भनेको छ- 

परिस्थितिको सन्दर्भ बिना नै हाम्रो बाईकको चेसिसका केही तस्बिरहरू इन्टरनेटमा प्रसार भइरहेका छन् । यो परीक्षण को लागि प्रयोग भएको मोटर साईकल हो ग्राहाक ले किनेको वा ग्राहक लाई बिक्रि गरिएको मोटर साईकल होइन। बाइकमा भविष्यमा गर्न सकिने पुनरावृत्ति र नयाँ डिजाइनकोलागि, हामी यात्रीमा लगातार नयाँ पाटपूर्जा र प्रणालीहरूको परीक्षण गरीरहन्छौं । आन्तरिक परीक्षण को क्रममा, हाम्रो परीक्षण इन्जिनियरले आवश्यक डाटा संकलन गर्ने तथा प्रमाणीकरण गर्ने उद्देश्यले नयाँ चेसिस पुनरावृत्ति परीक्षण गरिरहेका थिए जुन त्यति राम्रोसँग सफल हुन सकेन। यस्तो भ्रमपूर्ण समाचारले गर्दा यहां हरुमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । हामी हाम्रा उपभोक्ता र यात्रीको सुरक्षाप्रति सचेत र सतर्क छौं । त्यसैले भ्रममा नपर्न हामी सबैलाई अनुरोध गर्छौं र सहि समाचार सम्प्रेषणका लागि आवश्यक स्रोताहरु माझ हाम्रो औपचारीक विज्ञप्ति शेयर गरीदिनु हुन समेत अनुरोध गर्दछौं । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै