काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रायो भल्लेकानोलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियलको जितमा करिम बेन्जमा र रोड्रीगोले गोल गरेका थिए । त्यस्तै रायो भल्लेकानोका लागि राउल डी टोमसले एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिड लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको ३६ खेलमा ७४ अंक रहेको छ । यस सिजनको लिगको उपाधि भने बार्सिलोनाले जितिसकेको छ ।
त्यस्तै रायो भल्लेकानोको भने २६ खेलमा ४६ अंक छ र लिगमा ११औ स्थानमा रहेको छ ।