• २०८१ बैशाख ७ शुक्रबार

मंगल ग्रहबाट पठाएको सन्देश १६ मिनेटमा पृथ्वीमा !

kharibot

काठमाडौँ । पहिलो पटक मंगल ग्रहबाट पृथ्वीमा केहि संकेत पठाइएको खुलासा भएको छ । यो संकेत कुनै एलियनले नभई युरोपेली अन्तरिक्ष एजेन्सीको एक्सोमार्स ट्रेस ग्यास अर्बिटरले पठाएको हो ।

यो संकेत गत मे २४ मा राति ९ बजे मंगल ग्रहको कक्षमा घुमिरहेको अर्बिटरले पठाएको थियो, जुन १६ मिनेटपछि पृथ्वीमा प्राप्त भएको थियो । यो प्रयोग 'ए साइन इन स्पेस' परियोजना अन्तर्गत गरिएको थियो । यस परियोजनाको उद्देश्य पृथ्वीमा अर्को ग्रह वा बाह्य सभ्यता (एलियन्स) बाट संकेत पठाइयो भने, हामी यसलाई प्राप्त गर्न सक्षम हुन्छौं वा हुदैनौं भनेर परिक्षण गर्नु रहेको छ ।

अर्बिटरबाट पठाइएका संकेतहरू पश्चिम भर्जिनियाको ग्रीन बैंक टेलिस्कोप, इटालीको मेडिसिन रेडियो एस्ट्रोनॉमिकल स्टेशन, क्यालिफोर्नियाको एलेन टेलिस्कोप एरे र न्यू मेक्सिकोको धेरै ठूलो एरेले प्राप्त गरेका थिए ।

यसै क्रममा, सर्च फर एक्स्ट्राटेरेस्ट्रियल इन्टेलिजेन्स इन्स्टिच्युट (SETI) का वैज्ञानिक र 'A Sign in Space' परियोजनाका प्रमुख ड्यानिएला डे पाउलिसले भनिन्- 'हामीले सधैं शक्तिशाली र परिवर्तनकारी घटनाहरूमा अर्थ खोज्ने प्रयास गरेका छौं । बाह्य सभ्यता (एलियन) बाट संकेत वा सन्देशहरू प्राप्त गर्नु सम्पूर्ण मानव जातिको लागि एक प्रमुख परिवर्तनकारी अनुभव हुनेछ ।'

डे पाउलिसले आफ्नो अन्तर्राष्ट्रिय विज्ञ र अन्तरिक्ष वैज्ञानिकहरूको टोलीसँगै मंगल ग्रहबाट प्राप्त यो संकेतलाई डिकोड गर्न मानिसहरूसँग मद्दत मागेकी छन् । उनका अनुसार डिकोडिङ प्रक्रियाले पृथ्वीमा पठाइएका सङ्केत वा सन्देशमा के लेखिएको छ भन्ने कुरा खुल्छ ।

यसैबीच, केही रिपोर्टहरूमा पाउलिस र उनको टोलीले यो संकेत वा सन्देशलाई डिकोड गरेको तर यसमा के लेखिएको छ भन्ने बताइएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै