• २०८१ बैशाख १३ बिहीबार

झलनाथको पूर्वराजालाई सुझाव- राजतन्त्र फर्किदैन, बरु राप्रपाको अध्यक्ष बन्नुस्

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराजालाई ज्ञानेन्द्र शाहलाई फेरी गद्दी फिर्ता हुन्छ भन्ने सपना नदेख्न आग्रह गरेका छन् ।

शनिबार काठमाडौँमा एक कार्यक्रममा बोल्दै नेता खनालले पूर्वराजा ज्ञानेन्द्रलाई मठ मन्दिर धाएर राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् ।

उनले भने, ‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन्। उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्छन्। अभिनन्दनका कुरा छन्। एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्।’

उनले पूर्व राजा ज्ञानेन्द्रलाई बरु राजनीतिक दल खोलेर आउन वा राप्रपाको अध्यक्ष बन्न सुझाव समेत दिएका छन् । उनले भने-'बरु एउटा पार्टी खोल्नुस् वा राप्रपाको अध्यक्ष बन्नुस र संसदमा आएर आफ्ना कुरा राख्नुस ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै