• २०८१ बैशाख १३ बिहीबार

बायर्न म्युनिखले जित्यो बुण्डेसलिगाको उपाधि

kharibot

काठमाडौँ । बायर्न म्युनिखले यस सिजनको बुण्डेसलिगाको उपाधि जितेको छ ।

शनिबार सम्पन्न भएको लिगका अन्तिम खेलमा बायर्न म्युनिखले कोल्नलाई २-१ गोल अन्तरले पराजित गरेपछि लिगको उपाधि जितेको हो ।

आजै सम्पन्न खेलमा उपाधिको दाबेदार रहेको डोर्टमण्ड मैन्जसँग २-२ गोलको बराबरीमा रोकिएपछि डोर्टमण्ड उपाधि जित्नबाट चुकेको हो ।

अन्तिम खेलमा जितपछि बायर्न र डोर्टमण्डको समान ७१-७१ अंक भएपनि गोलअन्तरमा बायर्न अगाडी रहेकाले लिगको उपाधि जितेको हो ।

अहिलेसम्म सबैभन्दा बढी पटक बुण्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ । बायर्नले योसहित ३२ पटक यो उपाधि जितेको छ । त्यसपछि बोरुसिया डोर्टमण्ड र बोरुसिया मोनचेनग्लाडवाचले ५-५ पटक जितेका छन् । त्यस्तै वेरडेर ब्रेमेन;ले ४ पटक यो उपाधि जितेको छ ।

साथै बुण्डेसलिगाबाट बायर्न र डोर्टमण्डसहित आरबी लेइपजिंग र युनियन बर्लिन च्याम्पियन्स लिगका लागि छनौट भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै