• २०८१ बैशाख १४ शुक्रबार

विश्वकप क्वालिफायर खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

kharibot

काठमाडौं । जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

जिम्बाब्वेमा जुन १८ देखि सुरु हुने क्वालिफायरका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । यस्तै, जुन २० मा नेपालले अमेरिकासँग, जुन २२ मा वेस्टइन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्ने छ । नेपालले छनोटअघि जिम्बाब्वेमै दुई अभ्यास खेल पनि खेल्ने भएको छ ।

नेपालले पहिलो अभ्यास खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्ने भएको छ ।

नेपाली टिम: रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै