• २०८१ बैशाख १३ बिहीबार

बर्षाले रोकिएको आइपिएल फाइनल आज

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै छ ।

यसअघि आइतबार बर्षाका कारण खेल हुन नसकेपछि  आज रिजर्भ डे मा फाइनल हुने भएको हो । अहमदावादको नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ । 

चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । पहिलो क्वालिफायरमा पराजित भएको गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउदै फाइनलको यात्रा तय गरेको हो ।

चेन्नई र गुजरात अहिलेसम्म आइपिएलमा चार पटक आमने सामने भएका छन् । जसमा गुजरातले ३ पटक जितेको छ भने चेन्नईले एक पटक जितेको छ ।  चेन्नईले यसै सिजनको पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गरेको थियो । यस अघि २०२२ को सिजनको लिग चरणमा दुई र यस आइपिएलको लिग चरणमा एक पटक गुजरातले चेन्नईलाई पराजित गरेको थियो । 

चेन्नई र गुजरात यस आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका दुई टिम हुन् ।  भारतका अहिलेसम्मकै सफल कप्तान महेन्द्र सिंह धोनीको नेतृत्वमा चेन्नई यस सिजनमा शानदार लयमा देखिएको छ ।  लिग चरणमा दोस्रो स्थानमा रहेको चेन्नई धोनीको कुटिल कप्तानी र युवा खेलाडीहरुको उत्कृष्ट प्रदर्शनको मिश्रणले फाइनलसम्म पुगेको छ । 

चेन्नईलाई रुतुराज गायकवाड र डेभोन कोनवेले यस सिजनमा ओपनरको रुपमा शानदार शुरुवात दिएका छन् भने मिडल अर्डरमा आजिख्य रहाने, शिभम दुवे, रविन्द्र जडेजाले राम्रो साथ दिएका छन् । चेन्नईका लागि कोनवेले यस सिजनमा सर्बाधिक ६२५ रन बनाएका छन् भने गायकवाडले ५६४ रन बनाएका छन् ।   

त्यसैगरी श्रीलंकाका युवा बलर महिष थीकशाना, तुषार देशपाण्डे र दिपक चहरले उत्कृष्ट बलिङ गरिरहेका छन् ।  तुषारले यस सिजनमा चेन्नईका लागि १५ खेलमा २१ विकेट लिएका छन् । त्यस्तै रविन्द्र जडेजाले १९ र मथीषाले १७ विकेट लिएका छन् ।

त्यस्तै हार्दिक पाण्डेयको नेतृत्वमा रहेको गुजरातमा उत्कृष्ट खेलाडीहरुको मिश्रण रहेको छ । उत्कृष्ट खेलाडीलाई सहि नेतृत्व दिएर हार्दिकले लगातार दोस्रो सिजन आफ्नो टिमलाई फाइनलमा पुर्याएका छन् । गुजरातका शुभमन गिलले यस सिजनमा तीन शतक प्रहार गरेर उत्कृष्ट फर्ममा रहेको बताएका छन् र उनी फाइनल खेलका लागि तयार छन् । उनले यस आइपिएलमा अहिलेसम्म सर्बाधिक ८५१ रन बनाएका छन् । 

त्यस्तै गुजरातको मिडल अर्डर पनि उत्कृष्ट रहेको छ ।  जसमा हार्दिक पाण्डेयम डेविड मिलर, राहुल तेबातिया, राशिद खानले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

त्यस्तै गुजरातको बलिङ डिपार्टमेन्टलाई मोहमद शामी, मोहित शर्मा, राशिद खानले सम्हालेका छन् । यस आइपिएल सबाधिक विकेट लिने खेलाडीको शिर्ष तीनमा शामी, राशिद र शर्मा रहेका छन् । शामीले सर्बाधिक २८, खानले २७ र शर्माले २४ विकेट लिएका छन् ।  

आइपिएलको इतिहासमा चेन्नई १०औं पटक आइपिएलको फाइनलमा पुगेको छ । जसमा चेन्नईले यसअघि चार पटक उपाधि जितेको छ ।

त्यस्तै आफ्नो दोस्रो सिजन खेलिरहेको गुजरातले दुवै पटक फाइनलको यात्रा तय गरेको छ । गत सिजनमा गुजरातले आफ्नो पहिलो सिजनमा नै उपाधि जितेको थियो ।

आइपिएलको इतिहासमा मुम्बई इण्डियन्सले सबैभन्दा बढी ५ पटक यो उपाधि जितेको छ । त्यस्तै चेन्नईले ४, कोलकोताले २ पटक आइपिएलको उपाधि जितेको छ ।

त्यस्तै राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद, डेकन चार्जर्स र गुजरात टाइटन्सले एक एक पटक आइपिएलको उपाधिको जितेका छन् ।

त्यस्तै अहिलेसम्म रोयल च्यालेन्जर्स बैंगलोर, पञ्जाब किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सले अहिलेसम्म आइपिएलको उपाधि जितेका छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै