• २०८१ बैशाख ११ मंगलबार

प्रतिनिधिसभामा टेबल भयो बजेट, जेठ २१ देखि २४ सम्म छलफल हुने

kharibot

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रतिनिधिसभामा टेबल भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट टेबल गरेका हुन् ।  यसअघि आजै अर्थमन्त्री महतले आगामी आर्थीक वर्षको बजेट प्रस्तुत गरे । 

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उनले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका थिए । 

बजेट प्रतिनिधिसभामा टेबल भएसँगै मंगलबारदेखि विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुने छ । त्यस्तै जेठ २१, २२, २३ र २४ गते छलफल हुने छ । अर्थमन्त्री महतले जेठ २५ गते बजेटमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै