• २०८१ बैशाख ४ मंगलबार

गिल बने आइपिएलको 'प्लेयर अफ द सिजन'

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनमा शुभमन गिल र मोहमद शामीले ओरेन्ज र पर्पल क्याप जितेका छन् ।

गुजरात टाइटन्सबाट खेल्ने गिलले यस सिजनमा सर्बाधिक ८९० रन बनाउदै ओरेन्ज क्याप जितेका हुन् । गिलले सर्बाधिक रन बनाउने क्रममा तीन शतक समेत प्रहार गरेका थिए ।  त्यस्तै दोस्रो धेरै रन बनाउने खेलाडी रोयल च्यालेन्जर्स बैंगलोरका फाफ डु प्लेसिस हुन् । उनले ७३० रन बनाए । त्यस्तै चेन्नई सुपर किंग्सका डेभोन कोनवेले ६७२, विराट कोहलीले ६३९ र यशश्वी जैसवालले ६२५ रन बनाए ।

त्यस्तै गुजरात टाइटन्सकै मोहमद शामीले सर्बाधिक २८ विकेट लिदै पर्पल क्याप जितेका छन् ।

यस सिजनमा शामीपछि गुजरातकै मोहित शर्मा र राशिद खानले २७-२७ विकेट लिएका थिए । त्यस्तै मुम्बईका पियुष चावलाले २२ र युजवेन्द्र चहलले २१ विकेट लिएका थिए ।

त्यस्तै यस सिजनको प्लेयर अफ द सिजनको अवार्ड शुभमन गिलले जितेका छन् । त्यस्तै यस सिजनको एमर्जिंग प्लेयर अफ द सिजनको अवार्ड राजस्थान रोयल्सका यशश्वी जैसवालले जितेका छन् । 
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै