• २०८१ बैशाख ७ शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रिका प्रस्थान

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम गएराती दक्षिण अफ्रीका प्रस्थान गरेको छ । जिम्बाव्वेमा हुने एकदिवशीय विश्वकप क्वालिफायरका लागि अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रिका प्रस्थान गरेको हो ।

नेपाली क्रिकेट टिमले दक्षिण अफ्रिकामा स्थानीय टिमहरुसँग चार अभ्यास खेल खेल्नेछ र उतैबाट नेपाली टिम जिम्बाव्वे प्रस्थान गर्नेछ । नेपालले जिम्बाबेमा ३० र ३२ जेठमा ओमान र यूएईसँग अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

विश्वकप क्वालिफायर भने असार ३ गतेदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा टेष्ट मान्यताप्राप्त घरेलु टिम जिम्बाबेसँग खेल्दै छ भने दोस्रो खेल असार ५ मा अमेरिकासँग, असार ७ मा वेष्टइण्डिजसँग र असार ९ मा नेदरल्याण्ड्ससँग खेल्ने तालिका रहेको छ ।

नेपाली क्रिकेट टिम दक्षिण अफ्रिका गएको नेपाली टिममा सन्दीप लामिछाने भने गएका छैनन् । सन्दीपविरुद्धको मुद्धाको अदालती प्रक्रिया जारी रहेकाले अदालतमा पेशी हुने दिनमा उपस्थित हुनुपर्ने भएका कारण सन्दीप दक्षिण अफ्रिका जान नपाएका हुन् ।

क्यान स्रोतका अनुसार अदालतको प्रक्रिया नटुंगिएसम्म सन्दीपको वैदेशिक भ्रमण अनिश्चित भएको छ ।

विश्वकप क्वालिफायर खेल्ने १६ सदस्यीय टिममा रहेपनि अब क्यानले सन्दीपको अदालती प्रक्रिया पुरा भएपछि मात्र टिममा समावेश गर्ने तयारी गरेको छ । 

सन्दीपले पनि दक्षिण अफ्रिका जाने तयारी गरेको टिमलाई बधाई तथा शुभकामना दिएका छन् । उनले आफुलाई टिमप्रति विश्वास रहेको भन्दै फेरी एक पटक आफ्नो क्षमता देखाउने बेला आएको उल्लेख गरेका छन् ।

नेपाली टिम: रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै