• २०८१ बैशाख १२ बुधबार

८३ बर्षिय हलिवुड अभिनेता अल पचिनो पिता बन्दै

kharibot

काठमाडौँ । हलिउडका दिग्गज अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा पिता बन्न लागेका छन् । मिडिया रिपोर्टका अनुसार अभिनेताकी २९ वर्षीया प्रेमिका नूर अलफल्लाह गर्भवती भएकी छन् । नूर आठ महिनाको गर्भवती भएको बताइएको छ ।

अल पचिनो र नूर अल्फाल्लाह अप्रिल २०२२ देखिसँगै छन् । अल पचिनो र नूर अल्फाल्लाह कोरोना महामारीको प्रारम्भिक दिनदेखि नै डेटिङ गर्दै आएका छन् ।

अल पचिनो चौथो पटक पिता बन्ने भएका छन् । पचिनोको पहिले नै ३३ वर्षीया छोरी छन् भने २२ वर्षीया पूर्व प्रेमिका बेभर्ली डी'एन्जेलोसँग जुम्ल्याहा एन्टोन र ओलिभिया पनि छन् । 

पचिनोले २००८ देखि १८ सम्म लुसिला पोलकलाई पनि डेट गरे तर उनको कुनै सन्तान छैनन् ।

अल पचिनो आफ्नो समयका चर्चित स्टार हुन् । उनले 'इन्सोम्निया', 'द आयरिशम्यान' 'द गडफादर', 'स्कारफेस', 'हीट', 'द डेभिल्स एड्भोकेट' र 'सेन्ट अफ ए वुमन' जस्ता क्लासिक्समा आफ्नो अभिनयका लागि परिचित छन् । धेरै कम मानिसहरूलाई थाहा छ, पचिनोले आफ्नो क्यारियर स्ट्यान्ड-अप-कमेडियनको रूपमा सुरु गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै