• २०८१ बैशाख १३ बिहीबार

बेन्जमालाई साउदी क्लबको बम्पर अफर !

kharibot

काठमाडौँ । फ्रान्सका फरवार्ड करिम बेन्जमालाई साउदी क्लब अल इत्तिहादले बम्पर अफर गरेको छ ।

पछिल्लो १४ सिजनदेखि रियल म्याड्रिडबाट खेलिरहेका बेन्जमालाई यस सिजनमा साउदी प्रो लिग जितेको अल इत्तिहादले बार्षिक सय मिलियन युरो पारिश्रमिक दिने अफर गरेको हो ।

३५ बर्षिय बेन्जमा साउदी जाने विषयमा सकारात्मक रहेको मिडिया रिपोर्ट आइरहेको छ । रियल म्याड्रिडले बेन्जमासँग पछिल्लो एक बर्षदेखिनै सम्झौता नविकरणको प्रयास गरेपनि बेन्जमाले आनाकानी गर्दै आएका छन् । बेन्जमाको रियलमा यहि जुन ३० देखि सम्झौता सकिदै छ ।

मिडिया रिपोर्टका अनुसार बेन्जमाले छिट्टै आफ्नो भविष्य बारे निर्णय लिने तयारी गरेका छन् । साथै रियल म्याड्रिडले पनि बेन्जमालाई सम्झौता नवीकरणको नयाँ अफर दिने तयारी गरेको बताइएको छ ।

बेन्जमा रियल म्याड्रिडका सफल स्ट्राइकर मध्ये एक हुन् । उनले रियलका लागि अहिलेसम्म ६४७ खेलमा ३५३ गोल गरेका छन् ।

उनले रियल म्याड्रिडबाट १४ सिजन खेल्दै चार ला लिगा, पाँच च्याम्पियन्स लिग, तीन कोपा डेल रे, पाँच फिफा क्लब विश्वकप जितेका छन् ।

क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिगमा गएपछि अहिले साउदी क्लबको निशानामा ठुला खेलाडीहरु रहेका छन् । साउदी क्लब अल हिलालले लियोनेल मेसीलाई अफर गरिसकेको छ ।            

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै