• २०८१ बैशाख १२ बुधबार

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री लेखीले गरिन् स्वागत

kharibot

तस्बीर: भारतीय विदेश मन्त्रालय

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो चार दिने भारत भ्रमणको क्रममा नयाँ दिल्ली पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न राज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू पनि विमानस्थलमा पुगेका थिए । विमानस्थल बाहिर प्रधानमन्त्री प्रचण्डको स्वागतमा सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो ।

गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । उनी जेठ २० गते भ्रमण पुरा गरेर स्वदेश फर्किने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै