• २०८१ बैशाख ७ शुक्रबार

सेयर बजार घट्यो

kharibot

काठमाडौ । सेयर बजार बुधबार पनि सम्हालिएन । बुधबार नेप्से सूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा आएको छ ।

२ दिनमै बजार करिब ९२ अंकले घटिसकेको छ । यसदिन २ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने लगानीकर्ताले बताएका छन् । बजेटमा लगानीकर्ताले हाल तिरिरहेको पुँजीगत लाभकर अन्तिम नभएको अर्थ लाग्ने गरी भाषा प्रयोग गरिएको छ ।

बजेट सेयर बजारमैत्री नभएको भन्दै लगानीकर्ताहरु रुष्ट छन् । लगानीकर्ता रिसाँउदा बजार मंगलबारदेखि घटिरहेको छ । अघिल्लो दिन घटेको नेप्से बुधबार पनि सम्हालिन नसकेको हो । 

यस दिन २६२ कम्पनीको ८७ लाख ३६ हजार कित्ता सेयर कारोबार भएको छ । ३४ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा प्रभु बैंकको संस्थापक सेयर अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र स्टान्डर्ड चार्टर्ड बैंक परेका छन् 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै