• २०८१ बैशाख ७ शुक्रबार

पुलिसले न्युरोड टिमलाई हरायो

kharibot

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस क्लबले न्यूरोड टिमलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले खेलको ७५औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

जारी लिगमा पुलिसको यो दशौँ जित हो । पुलिस २३ खेलमा ३४ अंकसहित चौंथो स्थानमा रहेको छ । त्यस्तै एनआरटी २३ खेलमा २९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

आजै सम्पन्न अर्को खेलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा गोलरहित बराबरीमा रोकिएका छन् । दुवै बराबरीमा रोकिएपछि अंक बाँडेका छन् । यो बराबरीपछि फ्रेन्ड्स क्लबको २३ खेलमा २५ अंक भएको छ भने हिमालयन शेर्पाको २३ खेलमा ३० अंक भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै