• २०८१ बैशाख १२ बुधबार

लागुऔषधसहित ३ जना पक्राउ

kharibot

दाङ । घोराही उपमहानगरपालिका-१५ अपसरा होटलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय राजन नेपालीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा होटलमा बसिरहेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै