• २०८१ बैशाख ११ मंगलबार

सांसद विकास कोष खारेजीको माग गर्दै सडकमा उत्रिए विद्यार्थी

kharibot

काठमाडौँ । आर्थिक बर्ष २०८०/८१ को बजेटमा संसद विकास कोष व्यूत्याइएकोमा विषयमा 'नीतिगत भ्रष्टाचारविरूद्ध विधार्थी संघर्ष' ले आज माईतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

विद्यार्थीहरुको समुहले संसदहरुको काम कानुन बनाउने हो भन्दै विकासको नाममा ठेक्कापट्टामा लागेको भन्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएको बताएका छन् ।

यस अभियानका प्रवक्ता पारसमणि आचार्यले यस्तो खबरदारी आवश्यक रहेको बताउदै बजेट अगाडी नै संघीय मन्त्रालय पुगेर सांसद विकास कोष नब्यूताउन सुझाव दिएको बताए । त्यस्तै संघर्ष समितिकी संयोजक प्रज्ञा बस्नेतले सरकारको गलत कदमविरुद्ध विद्यार्थीहरु कक्षा कोठा बाहिर आएर सरकारलाई झकझकाउन आवश्यक रहेको बताइन् ।

संघर्ष समितिले सांसद विकास कोष संबैधानिक मान्यता विपरित रहेको बताउदै संबैधानिक सर्वोच्चताको सिद्धान्त प्रतिकुल संबिधानको धज्जी उडाउने अवधारणा रहेको बताएको छ ।

संघर्ष समितिको विज्ञप्ति:

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै