• २०८१ बैशाख १४ शुक्रबार

विश्वकप क्वालिफायर खेल्ने जिम्बाबेको टिम घोषणा

kharibot

काठमाडौँ । जिम्बाब्वेले आफ्नै देशमा १८ जुनदेखि ९ जुलाईसम्म हुने आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायरको लागि आफ्नो क्रिकेट टोली घोषणा गरेको छ ।

जिम्बाब्वेले कप्तान क्रेग एर्भिन, सिकन्दर राजा, सेन विलियम्स र तेन्डाई चतारालाई समावेश गर्दै आफ्नो टिमको घोषणा गरेको छ ।

विश्वकप क्वालिफायरमा जिम्बाबे समूह ए मा वेस्टइन्डिज, नेदरल्याण्ड्स, नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । आयोजक जिम्बाबेले प्रतियोगिताको उद्घाटन खेलमा जुन १८ मा हरारे स्पोर्ट्स क्लबमा नेपालसँग खेल्नेछ भने दुई दिनपछि सोही मैदानमा नेदरल्यान्ड्ससँग खेल्नेछ । जुन २४ मा, जिम्बाब्वे र वेस्ट इन्डिज समूह ए को सबैभन्दा ठूलो खेलमा हरारे स्पोर्ट्स क्लबमा भिड्नेछन् । जिम्बावेको समूहको अन्तिम खेल यही जुन २६ मा अमेरिकासँग हुनेछ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ भने समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स रहेका छन् ।

प्रत्येक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्स चरणमा प्रवेश गर्नेछ जहाँ प्रत्येक टोलीले समूह चरणमा नभेटिएका टोलीसँग तीनवटा खेल खेल्नेछन्।

फाइनलमा पुग्ने दुवै टोली आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ मा पुग्नेछन् ।

क्वालिफायर खेल्ने जिम्बाब्वे टोली: रायन बर्ल, टेन्डाई चतारा, क्रेग एर्विन, ब्राडली इभान्स, जोयलोर्ड गुम्बी, ल्यूक जोंगवे, इनोसेन्ट काइया,  क्लाइभ मडान्डे, वेस्ली माधेभरे, तादिवानाशे मारुमणी, वेलिंग्टन मसाकाद्जा, ब्लेसिंग मुजरबानी, रिचर्ड नगारावा, सिकनदार राजा , सीन विलियम्स ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै