• २०८१ बैशाख १२ बुधबार

भारतीय मूलकी मोडलसँग डेट गर्दै लियोनार्डो

kharibot

काठमाडौँ । टाइटानिक फेम हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो यतिबेला आफ्नो नयाँ अफेयर्सका कारण चर्चामा छन् । ४८ वर्षीय लियोनार्डोले अहिले भारतीय मूलकी २८ वर्षीय मोडल नीलम गिलसँग डेट गरिरहेको खबर बाहिरिएको छ ।

दुबैलाई हालै लन्डनको चिल्टन फायरहाउसमा देखिएपछि उनीहरुको अफ्येर्सको अड्कलबाजी तिब्र भएको हो ।

जहाँ लियोनार्डोकी आमा पनि नीलम गिलसँग थिइन् । नीलम गिललाई हालै कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो, जहाँ लियोनार्डो उनको फिल्म किलर्स अफ द फ्लावर मुनको स्क्रिनिङमा उपस्थित थिए ।

नीलम गिलले आफ्नो इन्स्टाग्राम बायोमा आफूलाई ब्रिटिश पञ्जाबी मोडलको रूपमा वर्णन गरेकी छिन् । 

सामाजिक सञ्जालमा निलमको कडा फ्यान फलोइङ छ । तस्विरमा निलम निकै बोल्ड र बोल्ड देखिएकी छिन् । निलम गिलको जन्म २७ अप्रिल १९९५ मा इङ्गल्याण्डमा भएको थियो र २०१४ सम्म उनी लन्डनमै बसिन् । उनका हजुरबा हजुरआमाको जन्म भारतमा भएको थियो, नीलम पञ्जाबको सिख परिवारकी हुन् । यस बाहेक गिलले आफ्नो युट्युब च्यानल पनि चलाउँछिन् र बुलिङ, डिप्रेसन र बडी कन्फिडन्स जस्ता विषयमा कुरा गर्छिन् ।

नीलम भन्दा पहिले टाइटानिक अभिनेताको नाम धेरै अभिनेत्रीहरुसँग जोडिएको छ । लियोनार्डोले क्यामिला मोरोन, सुपरमोडल गिगी हदीदलाई डेट गरेको खबर पनि आएको थियो । त्यस्तै उनको नाम गिसेले बन्डचेन, बार रेफएली, ब्लाके लाइभ्ली, टोनी गार्न, निना अग्दलसँग पनि नाम जोडिएको थियो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै