• २०८१ बैशाख ७ शुक्रबार

श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउन महायज्ञ

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २९ स्थित श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले नौ दिने श्री गोदा वेणुगोपाल श्री महालक्ष्मी पुष्पयाग साङ्गश्रीमद्भागवत महापुराण सम्पन्न भएको छ ।

श्री गोदा वेणुगोपाल मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा श्री १००८ डा चक्रपाणी आचार्य स्वामीजीले कथा वाचन गरेका थिए । महायज्ञमा जनार्दन घिमिरेले मूल पाठपारायण गर्नुभएको मूल आयोजक समितिको अध्यक्षसमेत रहनुभएका श्री १००८ यतीन्द्राचार्य महन्तले जानकारी दिए । विसं २०२१ मा श्री १००८ श्रीनिवासाचार्यले स्थापना गर्नुभएको मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको थियो ।

मन्दिर पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिका, काठमाडौँ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह, वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्व संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठलगायत स्थानीयवासीको सहयोगमा मन्दिर पुनःनिर्माण भइरहेको छ । मन्दिर पुनःनिर्माणका लागि अहिलेसम्म रु १३ करोड खर्च भइसकेको व्यवस्थापन समितिका कोषाध्यक्ष मुकुन्द अधिकारीले जानकारी दिए ।

मन्दिर पुनःनिर्माण सम्पन्न गर्न अझै रु पाँच करोड बजेट लाग्ने उनले सुनाउनुभयो । बाँकी सहयोग जुटाउने उद्देश्यले नै अनुष्ठान आयोजना गरिएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै