• २०८१ बैशाख ११ मंगलबार

गर्मी छल्न जलविरे झरना पुग्ने पर्यटकको संख्या बढ्दै

kharibot

चितवन । तराईका जिल्लामा गर्मी बढ्दो छ । चर्को घाम लाग्ने भएकाले दिउँसो घरबाहिर निस्किन कठिन बन्दैछ ।

गर्मी छल्नका लागि चितवनको इच्छाकामना गाउँपालिका–६, जलविरेस्थित लामो झरना पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ । प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरणले चितवनको हपहपी गर्मी भुलाइदिन्छ । गर्मीले उकुसमुकुस भएका पर्यटक त्यहाँ पुग्दा सबै बिर्सिन्छन् ।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको १०२ मिटरभन्दा लामो यो झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ ।

लामो झरना इच्छाकामना गाँउपालिकाको प्रमुख पर्यटकिय गन्तव्य बनेको पालिका प्रमुख दानबहादुर गुरुङले बताए । उनले पालिकाले संघ र प्रदेश सरकारसंगको सहकार्यमा झरनामा आवश्यक भौतिक संरचनाहरु निर्माण गरेको जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै