• २०८१ बैशाख १२ बुधबार

के अमेरिकाले आइफोनमार्फत रुसमा जासुसी गर्दैछ ?

kharibot

काठमाडौँ । रुसले अमेरिकाले आफ्नो जासुसी गर्नका लागि आइफोन ह्याक गरिरहेको दाबी गरेको छ । रुसको संघीय सुरक्षा सेवा एफएसबीका अनुसार यसले यी फोनहरूमा अमेरिकी निगरानी प्रणालीको पर्दाफास गरेको छ । एफएसबीले अमेरिकी ह्याकरहरूले जासुसी अभियानमा इजरायल, सिरिया, चीन र नेटो सदस्य राष्ट्रका कूटनीतिज्ञहरूलाई निशाना बनाएको बताए ।

यस बाहेक सोभियत संघको हिस्सा भएका देशहरूमा काम गर्ने धेरै स्थानीय रूसी नागरिक र कूटनीतिज्ञहरूको फोन पनि ह्याक गरिएको थियो । एफएसबीले भन्यो- अमेरिकाको विशेष सेवाले यो खुफिया अपरेशन गरिरहेको थियो । रुसी एजेन्सीले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) र एप्पल कम्पनीबीच नजिकको सहकार्य रहेको पनि दाबी गरेको छ ।

तर, उनले एप्पल कम्पनीलाई यो जासुसीको बारेमा थाहा भएको कुनै प्रमाण भने नदिएको बताइएको छ । योसँगै एप्पल कम्पनीले एफएसबीको आरोपलाई अस्वीकार गरेको छ । उनले भने, ‘हामीले कुनै पनि देशको सरकारसँग मिलेर फोनमा छेडछाड गरेका छैनौँ र कहिले पनि गर्ने छैनौँ ।
क्यास्परस्की ल्याबले भन्यो– सन् २०१९ देखि जासुसी भइरहेको छ

एनएएले यस बारेमा कुनै पनि बयान गर्न अस्वीकार गरेको छ । अर्कोतर्फ, मस्कोस्थित क्यास्परस्की ल्याब कम्पनीले यस अपरेसनबाट आफ्ना धेरै कर्मचारीहरूको उपकरणमा सम्झौता भएको बताएको छ । क्यास्परस्कीले एक ब्लगमा भनेका छन्– जासुसीको प्रमाण पहिलो पटक २०१९ मा फेला परेको थियो र यो अहिलेसम्म जारी छ । तर, उनले यो साइबर आक्रमणको मुख्य लक्ष्य आफू नरहेको दाबी गरे ।

त्यस्तै रुसको विदेश मन्त्रालयले भन्यो– अमेरिकामा बनेका आईफोनहरु पूर्णरुपमा पारदर्शी छन् । उनीहरुमाथि साइबर हमला गरेर ठूलो मात्रामा डाटा संकलन भइरहेको थियो ।'

मन्त्रालयका अनुसार अमेरिकी गुप्तचर एजेन्सीले वर्षौंदेखि आईटी कम्पनीहरूलाई उनीहरूको जानकारी बिना इन्टरनेट प्रयोगकर्ताहरूको डाटा संकलन गर्न प्रयोग गर्दै आएको छ ।

हार्वर्ड युनिभर्सिटीको बेल्फर सेन्टर साइबर २०२२ पावर इन्डेक्सका अनुसार साइबर पावरमा अमेरिका सबैभन्दा अगाडि छ । त्यसपछि चीन, रुस, बेलायत र अष्ट्रेलियाको नम्बर आउँछ । यसअघि, क्रेमलिनले रुसमा २०२४ को राष्ट्रपतीय निर्वाचनलाई ध्यानमा राख्दै अधिकारीहरूलाई आईफोन प्रयोग गर्न बन्द गर्न भनेको थियो । उनले यसमार्फत रुसमाथि अमेरिकी गुप्तचर निकायले नजर राखेको आशंका व्यक्त गरेका थिए ।

एफएसबी रूसको प्रमुख सुरक्षा निकाय हो र सोभियत संघको केजीबीको मुख्य उत्तराधिकारी एजेन्सी हो । यो बोरिस येल्तसिनद्वारा १९९५ मा स्थापित भएको थियो । यसको मुख्यालय मास्कोमा छ । यो अलेक्जेन्डर बोर्टनिकोभको नेतृत्वमा छ जसले रुसका राष्ट्रपति पुटिनलाई प्रत्यक्ष रिपोर्ट गर्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै