• २०८१ बैशाख ८ शनिबार

अभिताभ र जयाको विवाह ५० बर्ष पुरा

kharibot

मुम्बइ । अमिताभ बच्चन र जया बच्चनको विवाहको ५० वर्ष पूरा भएको छ ।

दुवैले ३ जुन १९७३ मा एकअर्कासँग जीवन गुर्जाने वाचा गरेका थिए । एकअर्कालाई दिएको वाचा पूरा गर्दै आज उनीहरुले सँगै ५० वर्ष पूरा गरेका छन् ।

सो अवसरमा छोरी श्वेता नन्दले दुवैलाई शुभकामना दिँदै सफल वैवाहिक जीवनको रहस्य पनि सुनाएकी छिन ।

श्वेताले पुरानो तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी ५० मम्मी पापा, अब तपाई सुनौलो हुनुहुन्छ। एक पटक आमा र बुबालाई उनीहरूको सफल लामो वैवाहिक जीवनको रहस्य के हो भनेर सोधियो, तब आमाले प्रेमको जवाफ दिनुभयो र सम्भवतः बुबाले भन्नुभयो– पत्नी सधैं सही हुन्छ। मलाई लाग्छ यो सम्बन्धको रहस्य हो ।

श्वेताले इन्स्टाग्राममा सेयर गरेको ब्ल्याक एन्ड ह्वाइट तस्विरमा दुबै जना निकै मासूम र क्यूट देखिएका छन् । विशेषगरी जया बच्चनको सरल शैलीले फ्यानलाई पुराना दिनको याद दिलाइरहेको छ । श्वेताको यो पोस्टमा फ्यान बाहेक सबै सेलिब्रेटीले पनि कमेन्ट गरेका छन् र उनलाई विवाहको वर्षगाँठको शुभकामना दिएका छन् ।

पहिलो भेट कहिले भयो ? 

जया बच्चन र अमिताभ बच्चनको पहिलो भेट सन् १९७० मा भएको थियो । त्यतिबेला जया सुपरस्टार बनिसकेकी थिइन् र अमिताभ भने संघर्षरत थिए ।

जयाले उनलाई पुणे फिल्म इन्स्टिच्युटमा देखेकी थिइन् । त्यहाँ पुगेका बिग बी फिल्म निर्माता के अब्बास र केही अन्य कलाकार पनि उनीसँगै थिए ।

आफ्नो अग्लो कद र व्यक्तित्वका कारण अमिताभ जयाको नजरमा आए तर कुरा त्यहीँ रह्यो ।

जयाको तस्बिर ग्लोसी म्यागजिनमा छापिएको थियो । जब अमिताभको आँखा पर्यो, उनी हेरिरहे । जयामा उनले त्यही केटी देखे जसको बारेमा उनी सोच्थे ।

परम्परागत र आधुनिक मूल्यहरूको पूर्ण सन्तुलनका साथ जया बिग बीको हृदयमा प्रवेश गरिन्। उनीहरुको औपचारिक भेटको श्रेय ऋषिकेश मुखर्जीलाई जान्छ ।

उनले दुवैलाई ‘गुड्डी’ का लागि एकसाथ ल्याएका थिए र यहीँबाट उनीहरुको मित्रता सुरु भयो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै