• २०८१ बैशाख ८ शनिबार

भारतले नेपाललाई दियो मुर्रा प्रजातिका १५ भैंसी

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका अवसरमा भारत सरकारले मुर्रा जातिका १५ वटा भैंसी नेपाललाई प्रदान गर्ने भएको छ । 

भारत भ्रमणका दौरान नेपाल सरकारको आग्रहमा उक्त प्रजातिको भैंसी नेपाल सरकारलाई सहयोगस्वरुप प्रदान गरिने भारतीय दूतावासले जनाएको छ ।

भ्रमणका दौरान नेपाल र भारतबीच कृषि तथा पशुपन्छी क्षेत्रमा पनि सहकार्य गर्ने सहमति भएको छ । जसअनुसार रासायनिक मल, प्राकृतिक खेतीका विषयमा सहकार्य गर्ने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ । 

'कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यका साथ दुई पक्षबीच द्विपक्षीय सहयोगका नयाँ मार्गहरू जस्तै नानो-फर्टिलाइजर र प्राकृतिक खेतीबारे छलफल भएको थियो। भारत-नेपाल कृषि तथा पशुपन्छीसम्बन्धी क्षेत्रमा सहकार्यअन्तर्गत नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी उपलब्ध गराइएको छ,' विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै