• २०८१ बैशाख ७ शुक्रबार

पत्नीको स्वास्थ्यलाभको लागि महाकालेश्वर गएको होइन- प्रधानमन्त्री प्रचण्ड

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु मनैदेखि धर्म निरपेक्षवादी भएको बताएका छन् ।  

भारतको चार दिने भ्रमण पुरा गरेर काठमाडौँ फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले आफु मनदेखि निरपेक्षवादी भएको बताएका छन् । 

उनले आफु यसअघि मुश्लिमको मदरसा, क्रिस्यनको चर्च र बौद्ध गुम्बामा गएको बताउदै गेरु बस्त्र लगाउनुलाई अन्यथा लिन नहुने बताए । आफुले महाकलेश्वर मन्दिरको प्रोटोकल अनुसार गेरु बस्त्र लगाएको बताए । 

प्रधानमन्त्री प्रचण्डले यसलाई संस्कृतिक कुटनीतिको रुपमा बुझ्नुपर्नेमा उल्टो बुझ्न नहुने बताए । मिडियामा पत्नीको स्वास्थ्यको लागि महाकालेश्वर गएको भनेर झुटो प्रचार गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले आफु पत्नीको स्वास्थ्यलाभको कामना गर्न त्यहाँ नगएको बताए । उनले आफ्नो पत्नीलाई लागेको रोग निको नहुने किसिमको रहेको स्पष्ट गर्दै यस्तो तल झरेर प्रचार गर्नु नहुने बताए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै